इजरायली सेनाको पछिल्लो आक्रमणमा २३ प्यालेस्टीनी मृत्यु

असार ६, २०८२ | काठमाडौं

इजरायली सेनाले गरेको पछिल्लो  क्रमणमा परि २३ जना प्यालेस्टीनी मृत्यु भएको छ । १ सय बढी घाइते भएका छन् । इजरायली सेनाले गाजाको मध्य क्षेत्रमा राहत वितरण केन्द्रमा ट्यांक र ड्रोनबाट हजारौँ प्यलोस्टीनीमाथि गोली प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

उनीहरुलाई अमेरिका र इजरायल समर्थित गाजा मानवीय फाउन्डेसनद्वरा सञ्चालित राहत वितरण केन्द्र नजिक आक्रमण गरिएको हो । सो घटनाबारे इजरायली सेनाले कुनै प्रतिक्रिया दिएको छैन । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयकाअनुसार मे महिनाको अन्त्यदेखि मात्र यस्तै प्रकृतिको घटनामा परि ४ सय बढी प्यालेस्टीनी मारिएका छन् । 


प्रतिक्रिया