जलवायु परिवर्तनको विषयमा राष्ट्रसंघको शीर्ष अदालतबाट ऐतिहासिक फैसला

श्रावण ८, २०८२ | काठमाडौं

संयुक्त राष्ट्रको एक शीर्ष अदालतले जलवायु परिवर्तनलाई लिएर एक ऐतिहासिक फैसला सुनाएको छ ।

 अदालतको सो फैसलाले जलवायु परिवर्तनको विषयमा अब एक देशले अर्को देशविरुद्ध मुद्दा दायर गर्ने बाटो खुला गरेको छ । नेदरल्यान्ड्सको हेग शहरस्थित इन्टरनेशनल कोर्ट अफ जस्टिसका न्यायाधीशले जलवायु परिवर्तनका विषयमा जिम्मेवार भएका राष्ट्र पत्ता लगाउन कठिन भएको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

कानुनका जानकारहरुले सो फैसलाको असर दूरगामी हुने बताएका छन् । जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी प्रभावित देशहरुका लागि यो फैसला ऐतिहासिक जित भएको बताइएको छ । प्रभावित देशहरु यो समस्यासँग जुध्नका लागि अदालत पुगेका थिए ।


प्रतिक्रिया