अमेरिका र जापानबीच ५ सय ५० अर्ब अमेरिकी डलरको व्यापार सम्झौता

श्रावण ७, २०८२ | काठमाडौं
अमेरिकाले जापानसँग ५ सय ५० अर्ब अमेरिकी डलर बराबरको व्यापार सम्झौता गरेको छ ।
योसँगै जापानसँग अमेरिकाले अहिलेसम्मकै ठूलो व्यापारिक सम्झौता गरेको हो । कर सम्झौता गरेसँगै अमेरिकाले जापानलाई भन्सार शुल्क १५ प्रतिशत निर्धारण गरेको छ । यसअघि भन्सार शुल्क २५ प्रतिशत तोकिएको थियो । यसैबीच, अमेरिकासँग सम्झौता भएसंगै जापानको अटोमोबाइल क्षेत्रको स्टक मार्केट वृद्धि समेत भएको छ ।
यसैबीच, जापानसंग भएको सम्झौताबारे सामाजिक संजाल ट्रुथमा उल्लेख गर्दै राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाको लागि खुशीको समय भएको बताउनुभएको छ । यस्तै जापानसंग सौहाद्रपूर्ण सम्बन्धलाई निरन्तरता दिने राष्ट्रपति ट्रम्पको भनाइ छ ।