थाइल्याण्ड र कम्बोडियाका सेनाबीच झडप हुँदा १६ जनाको मृत्यु

श्रावण ९, २०८२ | काठमाडौं
थाइल्याण्ड र कम्बोडियाका सेनाबीच विवादास्पद सीमा क्षेत्रमा झडप हुँदा मृत्यु हुने थाई नागरिकको संख्या १६ पुगेको छ ।
थाई र कम्बोडियाली सेनाबीचको झडप दोस्रो दिनमा प्रवेश गरेको छ । द्धन्द्ध युद्धमा परिणत हुने बैंककले चेतावनी दिएको छ । हिजो सुरु भएको द्वन्द्वका क्रममा दशौं हजार स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पछिल्लो घटनाका कारण दुई देशबीच एक शताब्दीभन्दा बढि पुरानो विवाद बल्झिएको छ । यसैबीच, अमेरिका, चीन, अष्ट्रेलिया र दक्षिणपूर्वी एसियाली राष्ट्रले द्वन्द्व रोक्न आह्वान गरेका छन् । यद्यपि, थाइल्याण्डले कम्बोडियासँगको जारी द्वन्द्व अन्त्य गर्न तेस्रो मुलुकको मध्यस्थता प्रयासलाई भने अस्वीकार गरेको छ ।
थाइ सरकारले कम्बोडियाका सबै नागरिकलाई आफ्नो भूमि छाडेर जान निर्देशन दिँदै कम्बोडियासँगको सबै सीमा बन्द गरेको थियो ।