इरानद्वारा इजरायलमा २७ वटा मिसाइल प्रहार

असार ८, २०८२ | काठमाडौं
इरान–इजरायल युद्धमा अमेरिकाको प्रवेशले द्वन्द्व नाजुक अवस्थामा पुगेको छ ।
अमेरिकाले तीन इरानी परमाणु क्षेत्रमा आक्रमण गरेको केही घण्टापछि इरानले इजरायलमा आक्रमण गरेको छ । इरानले इजरायलमा कम्तीमा २७ वटा मिसाइल प्रहार गरेको छ । सो आक्रमणमा परि ८६ जना घाइते भएको इजरायली स्वास्थ्य कर्मचारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सुरुमा २२ वटा मिसाइल पूरै इजरायल लक्षित गरी प्रहार गरिएको र दोस्रो पटक ५ वटा मिसाइल हाइफा क्षेत्रलाई लक्षित गरी प्रहार गरिएको बताइएको छ । इरानी सेनाले इजरायलको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल बेन गुरिओन विमानस्थललाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ ।
यता इरानले आक्रमण गरेको लगत्तै इजरायलले पश्चिमी इरानमा वायु सेनाबाट बमवर्षा गरेको छ । यसअघि आज बिहान अमेरिकी विमान इरानको ३ वटा आणविक केन्द्रमा आक्रमण गरि सुरक्षित फर्किएको बताएको थियो ।