पहलगाम घटनामा संलग्न तीनैजना पाकिस्तानी

असार ९, २०८२
भारतीय अनुसन्धानकर्ताहरूले गत अप्रिलमा भारत प्रशासित कश्मीरको पहलगाम नजिकै पर्यटकमाथि भएको घातक आक्रमणमा संलग्न तीनै जना आतंककारी संयुक्त राष्ट्रसंघद्वारा प्रतिबन्धित लडाकू समूह लश्कर–ए–तैयबाका पाकिस्तानी नागरिक भएको बताएका छन् । प्रहरीले पहिले तीनजनाको स्केच जारी गरेको थियो जसमा दुई जना पाकिस्तानी र एक जना स्थानीय पुरुष भएको भनिएको थियो ।
राष्ट्रिय अनुसन्धान एजेन्सीले आक्रमणकारीहरूलाई आश्रय दिएको आरोपमा दुई स्थानीय पुरुषहरूलाई पक्राउ गरेपछि पछिल्लो विवरण पुष्टि भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि, तीन आक्रमणकारीहरू अझै पक्राउ परेका छैनन् । भारतको सो दाबीप्रति पाकिस्तानले कुनै प्रतिक्रिया जनाएको छैन । यसअघि पाकिस्तानले सो घटनामा संलग्नताबारे अस्विकार गरेको थियो । पर्यटकिय स्थलमा भएको आक्रमणले भारत र पाकिस्तानलाई युद्धनजिक समेत पु¥याएको थियो ।