भियतनाममा डुंगा पल्टिँदा ३४ जनाको मृत्यु

श्रावण ४, २०८२ | काठमाडौं

भियतनाममा प्रतिकूल मौसमका कारण पर्यटक सवार डुंगा पल्टिँदा ३४ जनाको मृत्यु भएको छ । डुंगामा सवार ८ जना बेपत्ता छन् । 

लोकप्रिय पर्यटकीय स्थल हालोङ्ग खाडीमा शनिबार दिउँसो डुंगा दुर्घटना भएको बीबीसीले जनाएको छ । सो डुंगामा धेरैजसो राजधानी हनोईबाट आएका भियतनामी नागरिक थिए । पर्यटकहरु डुंगा चढेर रमाइरहेका बेला अचानक तुफान आएको थियो । 

सो तुफानले डुंगा पल्टाइदिएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । भारी वर्षाका कारण पानीमा डुबेकाको खोजीमा समस्या भएको उद्धारकर्ताहरुले बताएका छन् । 

घटनास्थलमा खोज तथा उद्धारको काम जारी छ । ‘विफा’ नाम दिइएको तुफानले जनधनको क्षति भियतनाममा क्षति पुर्याएको छ ।


प्रतिक्रिया