यमनमा डुंगा पल्टिँदा ६० भन्दा बढी आप्रवासीको मृत्यु

श्रावण १९, २०८२ | काठमाडौं

यमनको तटमा प्रतिकूल मौसमका कारण आप्रवासी सवार डुंगा पल्टिँदा ६० जना भन्दा बढीको मृत्यु भएको छ । त्यहाँका स्थानीय अधिकारीहरुका अनुसार दुर्घटना यमनको दक्षिणी प्रान्त अब्यान नजिकै भएको हो ।

अहिलेसम्म ६८ जनाको शव निकालिएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)का यमन प्रमुखलाई उद्दृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

१२ जनाको उद्धार गरिएको र दर्जनौं अझै बेपत्ता रहेका छन् । डुंगामा सवार धेरैजसो आप्रवासीहरु इथियोपियाली नागरिक भएको बताइएको छ ।

कामको खोजीमा अफ्रिकाको हर्नबाट खाडी देशमा जाने आप्रवासीका लागि यमन एक प्रमुख मार्ग हो । आईओएमले हालैका महिनामा डुंगा दुर्घटनामा सयौंको मृत्यु भएको वा बेपत्ता भएको अनुमान गरेको छ ।

आइओएम यमनका प्रमुख अब्दुसत्तोर एसोएभका अनुसार सो डुङ्गा लगभग १ सय ५७ आप्रवासी बोकेर विशाल तटीय क्षेत्रमा खतरनाक यात्रा गर्दै थियो, जुन प्रायः मानव तस्करहरुले प्रयोग गर्छन् ।


प्रतिक्रिया