इजरायल र रुसको द्धन्द्धमा यौन हिंसा भएको राष्ट्र संघको टिप्पणी

श्रावण २८, २०८२ | काठमाडौं

संयुक्त राष्ट्रसंघले इजरायल र रुसको द्वन्द्वका क्रममा भएका यौन हिंसाका घटनालाई नोटिसमा राखेको बताएको छ ।

महासचिव एन्टोनियो गुटेरसले यौन हिसांको आरोपलाई गम्भिररुपमा लिएको बताउनु भएको हो ।

उहाँले इजरायल र रुसलाई चेतावनी दिँदैसशस्त्र र सुरक्षा बलद्धारा यौन हिंसाका घटना बारम्बार दोहोरिएको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ ।

राष्ट्रसंघले जारी गरेको सुरक्षा परिषद्को द्वन्द्व सम्बन्धि यौन हिंसाको वार्षिक रिपोर्टको सन्दर्भमा महासचिव गुटेरसले इजरायल र रुसलाई निगरानीमा राख्नुभएको हो ।

रिपोर्टकाअनुसार कथित अपराधहरुमा यौनांग सम्बन्धी हिंसा, कैदीहरुको लामो समयदेखि नग्नता, अपमान र सोधखोज गर्दा पहिरन उतार्न लगाउने लगायत रहेको समाचार संस्था रोयटर्सले जनाएको छ । 


प्रतिक्रिया