भारतमा राहुल गान्धिसहित विपक्षी दलका नेता पक्राउ

श्रावण २६, २०८२ | काठमाडौं
भारतमा विपक्षी दलका नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
मत चोरी भएको विरुद्धमा आयोजित मार्च पासका क्रममा भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धी सहितका नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो । राजधानी दिल्लीमा प्रदर्शन गर्दै निर्वाचन आयोगतर्फ गइरहेको टोलीलाई रोकेर प्रहरीले पक्राउ गरेको अन्तर्राष्ट्रीय सञ्चार माध्यमले जनाएका छन् ।
नेता गान्धीसहित भारतीय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गे, प्रियंका गान्धी भाड्रा, शिवसेनाका संजय राउत र तृणमूल कांग्रेसकी सागरिका घोषलाई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्रहरीले नियन्त्रयणमा लिएपछि नेता गान्धीले एक व्यक्ति, एक मत को अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।
यसैबीच प्रहरीले भने अनुमतिविना निर्वाचन आयोगमा मार्च पासका लागि अनुमति नलिएको पाइएपछि कारबाही गरिएको जनाएको छ । भारतीय कांग्रेसले कर्नाटकको विधानसभा निर्वाचनमा एक लाख बढी नक्कली मतदाता भेटिएको दाबी गर्दै सो विषयमा निर्वाचन आयोग मौन बसेको आरोप लगाएको छ।
आफूहरुको प्रदर्शन राजनीति प्रेरित नभइ लोकतन्त्र, संविधान, र मतदान अधिकारको रक्षाका लागि भएको नेता गान्धीको भनाइ छ ।