युक्रेनका राष्ट्रपतिद्वारा आफ्नो भूमि त्याग्नु पर्ने रुसी प्रस्ताव अस्वीकार

श्रावण २८, २०८२ | काठमाडौं
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले युद्धविरामको बदलामा डनवास क्षेत्रलाई त्याग्ने रुसी प्रस्तावलाई अस्वीकार गर्ने बताउनुभएको छ ।
उहाँकाअनुसार रुसले सो क्षेत्र लिनु भनेको भविष्यमा पुन आक्रमण गर्न सक्ने बहाना पाउनु हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच शुक्रबार अलास्कामा हुने भेटवार्ता अघि राष्ट्रपति जेलेन्स्कीले यस्तो बताउनुभएको हो ।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले रुस–युक्रेन युद्धविराम गर्दा केही जमिन साटासाट हुन सक्ने बताउनुभएको थियो ।
जसमा राष्ट्रपति पुटिनले युक्रेनको नियन्त्रणमा रहेको डनवास क्षेत्र रुसलाई दिनुपर्ने सर्त राख्नुभएको बीबीसीले जनाएको छ ।