पाकिस्तानमा सेनाले गरेको कारबाहीमा १४ आतङ्ककारीको मृत्यु

श्रावण २४, २०८२ | काठमाडौं

पाकिस्तानको बलुचिस्तान प्रान्तमा सेनाको कारबाहीमा परि १४ आतङ्ककारीको मृत्यु भएको छ । दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको झोब जिल्लामा आज सेनाले गरेको कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको हो ।

 सेनाले घटनास्थलबाट गोला बारुद र विस्फोटक पदार्थ समेत बरामद गरेको छ । पाकिस्तानी सेनाका अनुसार सुरक्षा बलले पाकिस्तान–अफगानिस्तानको सीमास्थित सम्बाजा क्षेत्रको वरपर कारबाही गरिएको हो । कारबाही अभियानका क्रममा हालसम्म ४७ आतङ्ककारी मारिएको समाचारमा जनाइएको छ ।   


प्रतिक्रिया