अमेरिकाद्वारा भारतबाट आयात हुने सामग्रीमा कर दोब्बरले बृद्धि

भाद्र ११, २०८२ | काठमाडौं

अमेरिकाले भारतबाट आयात हुने सामग्रीमा कर दोब्बर बनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सामानमा कर दोब्बर बनाउँदै ५० प्रतिशत सम्म पु¥याएको घोषणा गर्नुभएको हो । सो व्यवस्था आजबाट नै लागू हुने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । 

सो कर नीतिले आर्थिक रणनीतिक साझेदारका रुपमा रहेका दुई मुलुकबीचको सम्बन्धमा गम्भीर असर पुग्ने विश्लेषण गरिएको छ । यसअघि नै अमेरिकाले २५ प्रतिशत कर लगाएको भारतलाई रुसी तेल खरिद गरको भन्दै आयात हुने सामग्रीमा थप २५ प्रतिशत कर लगाएको हो । 

कपडा, गरगहना, जुत्ता, खेलकुदका सामग्री, फर्निचर र रसायनीक सामग्रीमा कुल ५० प्रतिशत कर पु¥याइने भएको हो । सो व्यवस्थाले भारतका हजारौं साना निर्यातकर्ता र रोजगारीलाई सकंटमा पार्ने ठानिएको छ । 


प्रतिक्रिया