पाकिस्तानमा विद्रोही समूहविरुद्ध सेनाको कारबाहीमा ३१ जनाको मृत्यु

भाद्र ३०, २०८२ | काठमाडौं
पाकिस्तानमा पछिल्लो पटक भएका दुई विद्रोही समूहविरुद्धको कारबाहीमा ३१ जना मारिएका छन् ।
पाकिस्तानी सुरक्षा बलले उत्तरपश्चिम क्षेत्रस्थित आतंकवादी लुक्ने ठाउँमा छापा मार्ने क्रममा उनीहरु मारिएको जनाएको हो । अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तको बन्नू र लकी मारवात जिल्लाहरुमा सुरक्षा बलले छापा मारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
यसअघि पनि सेनाले उत्तरपश्चिम क्षेत्रमा गरेको कारबाहीमा ४५ जना तालिबान मारिएको बताएको थियो । सो क्रममा १९ सैनिकको समेत मृत्यु भएको समाचारमा जनाइएको छ । पाकिस्तानमा पछिल्ला वर्षहरुमा आतंकवादी आक्रमणका घटनाहरु बढेको समाचारमा उल्लेख छ ।