अमेरिका–चीनबिच जारी व्यापार तनाव कम गर्ने प्रयास

भाद्र ३०, २०८२ | काठमाडौं

अमेरिका र चीनबिच स्पेनमा भएको वार्तामा व्यापार र टिकटकको विषयमा छलफल भएको छ । ६ घण्टासम्म चलेको वार्तामा अमेरिका–चीनबिच जारी व्यापार तनाव कम गर्ने कोशिस गरिएको छ । 

रुसी तेल खरिद गर्न अमेरिकाले चीनमाथि प्रतिबन्ध लगाउन जीसेभेन र नेटो सदस्य राष्ट्रलाई अपिल गरिरहँदा अमेरिका–चीनबिच व्यापार वार्ता भएको हो । सो वार्तामा उल्लेखनीय प्रगति भएको विज्ञहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 पहिलो दिनको वार्तामा समयसीमा सकिन लागेको बाइटडान्स कम्पनी टिकटकको बारेमा उल्लेखीय प्रगति भएको बताइन्छ । आगामी सेप्टेम्बर १७ मा ट्रम्प प्रशासनले टिकटकलाई दिएको समयसीमा सकिँदैछ । त्यसैले यो वार्ताले टिकटकको समयसीमा चौथो पटक बढ्न सक्ने बताइएको छ । आज पनि अमेरिका र चीनका प्रतिनीधिबिच वार्ता हुँदैछ । 


प्रतिक्रिया