अफगानिस्तानमा भूकम्प प्रभावितलाई एडीबीले ३० लाख अमेरिकी डलर अनुदान दिने

आश्विन १, २०८२ | काठमाडौं

अघिल्लो महिना अफगानीस्तानमा गएको भूकम्प प्रभावित क्षेत्रमा मानवीय सहायताका लागि एसियाली विकास बैंक (एडीबी) ले ३० लाख अमेरिकी डलर अनुदान दिने भएको छ ।

 बैंकले ठूलो संख्यामा मानवीय क्षति भएको नान्गाहार प्रान्तका प्रभावितहरुको सहयोगकालागि सो रकम अनुदान दिने निर्णय भएको जनाएको हो । बैंकका अनुसार सो अनुदान रकमले करिब ६० हजार नागरिकलाई आवश्यक पर्ने खाद्य सहायतामा सहयोग पुग्नेछ ।

 अनुदान रकम एशिया प्रशान्त प्रकोप कोषबाट आउने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । एडीबीले अफगानीस्तानसहितका विभिन्न एसियाली मुलुकहरुमा आफ्ना साझेदार मार्फत सहयोग गर्दै आएको छ ।  


प्रतिक्रिया