जेलेन्स्किीसँग वार्ता गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको योजना

भाद्र १९, २०८२ | काठमाडौं

गत अगस्टमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको अलास्का शिखर सम्मेलन सफल हुन नसकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा युक्रेनसँग युद्धका बारेमा वार्ता गर्ने योजना रहेको बताउनुभएको छ । 

त्यसको लागि राष्ट्रपति ट्रम्पले आज युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फोनमा सम्वाद गर्ने अपेक्षा गरिएको ह्वाइट हाउसका एक अधिकारीलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । 

यस्तै, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलगायत केही युरोपेली नेताहरूले आज ट्रम्पसँग रुस–युक्रेन युद्धको बारेमा टेलिफोन सम्वाद गर्ने बताइएको छ ।

रुससँग शान्ति सम्झौता भएपछि युक्रेनलाई सुरक्षा सहयोग प्रदान गर्ने उनीहरूको पछिल्लो प्रयासबारे छलफल गर्न फ्रान्सले आयोजना गरेको ३० देशहरूको भर्चुअल बैठकपछि ट्रम्पसँग आज सो वार्ता गरिने योजना बनाइएको थियो ।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णकालिन आक्रमण गरेपछि सुरु भएको लडाइँलाई रोक्न नसक्दा राष्ट्रपति ट्रम्प निराश हुनुभएको छ । 

उहाँले जनवरीमा दोस्रो कार्यकालको पदभार ग्रहण गर्दा युद्ध छिटो अन्त्य गर्न सक्ने भविष्यवाणी गर्नुभएको थियो । 


प्रतिक्रिया