बेलायत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति ट्रम्प विरुद्ध प्रदर्शन

आश्विन २, २०८२ | काठमाडौं

बेलायतको राजकीय भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध प्रदर्शनी भएको छ ।

 भ्रमणमा रहेका ट्रम्पको स्वागत भइरहेका बेला लन्डनबाट ४० किलोमिटर दुरीमा पर्ने स्थानमा अधिकारवादी संस्थाहरुले विरोध जनाएका हुन् । एम्नेस्टी इन्टरनेशनल, गर्भपतन अधिकार जस्ता महिला अधिकारकर्मी र प्यालेस्टिनी समर्थक कार्यकर्ता लगायत संस्थासमर्थित समूहले ट्रम्पलाई स्वागत नगरिएको भन्दै प्रदर्शन गरेका हुन् ।

 बेलायतमा गरिएको एक सर्वेक्षणले ४५ प्रतिशतले ट्रम्पलाई आमन्त्रित गर्नु गलत भएको बताएका छन् भने ३० प्रतिशतले सो कदम सही भएको प्रतिक्रिया दिएका छन् । ट्रम्प विरद्ध भएको सो विरोध प्रदर्शनलाइ व्यस्थीत गर्न १ हजार ६ सय बढी प्रहरी परिचालन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  


प्रतिक्रिया