ईयु या नेटोमा आक्रमण गर्ने मस्कोको मनसाय छैन

आश्विन १२, २०८२ | काठमाडौं

रुसका विदेशमन्त्री सर्गेई लावरोभले युरोपेली संघ ईयु वा उत्तर एटलान्टिक सन्धि संगठन नेटोमा आक्रमण गर्ने मस्कोको कुनै मनसाय नभएको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै रुसी विदेशमन्त्री लावरोभले यस्तो बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उहाँले मस्कोतर्फ निर्देशित कुनै पनि आक्रमणलाई भने निर्णायक प्रतिक्रिया दिने चेतावनी दिनुभएको छ ।

राष्ट्रसंघको महासभामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनभन्दा बाहिर युरोपमा पनि आक्रमण विस्तार गर्न खोजेको बताएपछि रुसको प्रतिक्रिया आएको हो ।

विदेशमन्त्री लावरोभले रुसविरुद्ध पश्चिमी मुलुकको धम्की व्यापक बढ्दै गइरहेको समेत जिकिर गर्नुभएको छ ।

रुसले ७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि गरेको आक्रमणको निन्दा समेत गरेको छ ।

यद्यपी, मध्य पश्चिममा इजरायलको अन्य मुलुकमाथिको हमला सो क्षेत्रमा सुरक्षा चुनौती थपिएको बताएको छ । 


प्रतिक्रिया