फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्पमा, २६ जनाको मृत्यु

आश्विन १५, २०८२ | काठमाडौं

फिलिपिन्समा गएको ६ दशमलव ९ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ ।

 फिलिपिन्सको मध्य भिसायास क्षेत्रको सेबु शहरको तटमा गएको भूकम्पका कारण सो संख्यामा हातहाती भएको हो । सरकारी अधिकारीका अनुसार सो भूकम्पलाई यस वर्षकै सबैभन्दा विनाशकारी विपत्ति मानिएको छ । 

भूकम्पका कारण विद्युत आपूर्ति बन्द भएको छ भने विभिन्न भौतिक संरचना क्षतिग्रस्त भएका छन् । स्थानीय सञ्चार माध्यमलाई अन्तरर्वाता दिँदै रेमिगियो शहरका उपमेयरले पनि सो घटनाको पुष्टि गरे गरेको रोर्यटर्सले जनाएको छ 

। भूकम्पबारे अनुगमन गर्ने एजेन्सीहरुले भने भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराइमा रहेको अनुमान गरिएको बताएका छन् । यसअघि २०२३ मा गएको ६ दशमलव ७म्याग्नीच्यडको भूकम्प जाँदा आठ जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया