अमेरिकामा गोली चल्दा ९ जनाको मृत्यु

आश्विन २६, २०८२ | काठमाडौं

अमेरिकाको मिसिसिपी राज्यमा एक कार्यक्रमपछि गोली चल्दा ९ जनाको मृत्यु भएको छ । शुक्रबार राति एक हाई स्कूलको घरफिर्ती कार्यक्रमपछि भएको दुई छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा ८ जनाको मृत्यु भएको हो भने कैयौं घाइते भएका छन् ।

 पश्चिम मिसिसिपीको डेल्टा क्षेत्रमा पर्ने लील्याण्ड सहरस्थित हाई स्कूलमा फुटबल खेलपछि भएको गोलीकाण्डमा ६ जनाको मृत्यु भएको हो । तीमध्ये ४ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको वासिङ्टन काउन्टीका अधिकारीहरुले जनाएका छन् । 

 राज्यका पूर्वी भागमा भएको अर्को घटनामा एक गर्भवती महिलाको समेत ज्यान गएको मिसिसिपीका सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । लील्याण्डको गोलीकाण्डमा २० जना घाइते भएका छन्, जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ ।


प्रतिक्रिया