एसिया भ्रमणका क्रममा किमसँग भेटवार्ता गर्ने ट्रम्पको योजना

कार्तिक ८, २०८२ | काठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसिया भ्रमणका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट्न चाहेको बताउनुभएको छ । दक्षिण कोरियामा हुने एसिया प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलन एपेकका क्रममा राष्ट्रपति ट्रम्पले किमसँग भेट्न खोजेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

सन् २०१९ मा राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालको दौरान तीन पटक सम्म किमसँग भेटेपनि आणविक निशस्त्रीकरणका बारेमा सहमत हुन नसकेको बताइएको छ । सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले चीन, जापान, मलेसिया लगायतका विश्वका नेताहरुसँग भेट्ने समेत कार्यक्रम रहेको समाचारमा जनाइएको छ ।  


प्रतिक्रिया