हवाई उडानमा जोखिम निम्त्याउने बेलुन खसाल्ने लिथुआनियाको चेतावनी

कार्तिक १०, २०८२ | काठमाडौं

युरोपेली मुलुक लिथुआनियाले बेलारुसतर्फबाट आउने तस्करीका बेलुनहरुलाई गोली हानेर खसाल्ने चेतावनी दिएको छ । 

त्यहाँकी प्रधानमन्त्री इन्गा रुजिनियनले निरन्तर आकाशमा देखिएको बेलुनका कारण हवाई उडानमा समस्या भएपछि सो चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गत हप्ता मात्रै, नेटो सदस्य लिथुआनियाले आकाशमा बेलुनहरु देखिएपछि स्थानीय भिल्नियस विमानस्थल चार पटक बन्द गरेको थियो ।

 सो क्रममा बेलारुससँगको सीमा पनि अस्थायी रुपमा बन्द गरिएको थियो । आफ्नो आकाश हुँदै बेलारुसले बेलुनमार्फत तस्करीका चुरोट लगायतका सामान पठाउने गरेको लिथुआनियाको आरोप छ । 


प्रतिक्रिया