फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजी देशद्रोहको आरोपमा जेल चलान

कार्तिक ४, २०८२ | काठमाडौं
फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजी देशद्रोहको आरोपमा जेल चलान भएका छन् । सार्कोजी जेल चलान हुनेमा पहिलो पूर्व राष्ट्रपति रहेको बीबीसीले जनाएको छ । लिबियाका तानाशाह मुअम्मर गद्दाफीको रकम आफ्नो चुनावी अभियानका लागि प्रयोग गरेको आरोपमा सार्कोजीलाई पाँच वर्षको सजाय भएअनुसार जेल चलान भएका हुन् ।
सन् १९४५ मा नेता फिलिप पेटेनलाई देशद्रोहको आरोप लागेयता कुनै पनि नेता जेल चलान नभएको समाचारमा उल्लेख छ । सन् २००७ देखि २०१२ सम्म राष्ट्रपति रहेका सार्कोजीले आफ्नो जेल सजायको विरुद्धमा अपील गर्ने बताएका छन्। ७० वर्षीय सार्कोजीलाई जेलमा लग्ने क्रममा सत्यको जित हुने प्रतिक्रिया दिएका छन् ।