अमेरिका र भारतबीच रक्षा सम्बन्धी सम्झौतामा हस्ताक्षर

कार्तिक १४, २०८२ | काठमाडौं
भारत र अमेरिकाबीच आगामी दश वर्षका लागि रक्षा सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । भारतका रक्षामन्त्री राजनाथ सिंह र अमेरिकी रक्षामन्त्री पिट हेगसेथले आज मलेसियाको राजधानी क्वालालम्पुरमा रक्षा साझेदारीको ढाँचामा हस्ताक्षर गर्नुभएको हो ।
सो सम्झौताले प्राविधिक सहयोग र क्षेत्रीय स्थिरतालाई अगाडि बढाउने रक्षामन्त्री हेग सेथले बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सो सम्झौताले भारत–अमेरिका रक्षा सम्बन्धलाई नयाँ शिरामा लग्ने अपेक्षा गरिएको छ ।
सिंहले सो सम्झौताले नयाँ दशकको सुरुवात गर्ने र स्वतन्त्र, खुला र नियममा आधारित इन्डो–प्यासिफिक क्षेत्र सुनिश्चित गर्न साझेदारी महत्वपूर्ण हुने बताउनुभएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । भारत र अमेरिकाले हालै आफ्नो रक्षा सम्बन्धलाई निरन्तर रुपमा बढाउँदै आएको विश्लेषण हुँदै आएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि ५० प्रतिशत कर लगाएपछि तनावपूर्ण सम्बन्ध भइरहेका बेला दुई देशबीच भएको सो सम्झौतालाई महत्वपूर्ण रुपमा हेरिएको छ ।



 
  
  
  
  
  
 




