भियतनाममा लगातार वर्षा पछिको बाढीका कारण कम्तीमा ४१ जनाको मृत्यु
मंसिर ५, २०८२ | काठमाडौं
भियतनाममा लगातार वर्षा पछिको बाढीले कम्तीमा ४१ जनाको मृत्यु भएको छ । एक सातादेखि अविरल वर्षा र बाढीले सो हताहति भएको हो । लगातार वर्षा पछिको बाढीले कम्तीमा ४१ जनाको मृत्यु भएको छ । एक सातादेखि अविरल वर्षा र बाढीले सो हताहति भएको हो । ९ जना अझै बेपत्ता रहेको बीबीसीले जनाएको छ । बाढीका कारण ५२ हजार भन्दा बढी घरहरु डुबानमा परेको समाचारमा उल्लेख छ । करिब ५० हजार घरपरिवार विद्युतवीहिन अवस्थामा रहेको बताइएको छ ।
बाढीले सबैभन्दा बढी तटीय शहर होई एन प्रभावित भएको छ । यस वर्ष जनवरी र अक्टोबरको बीचमा भियतनाममा प्राकृतिक प्रकोपले २ अर्ब डलर बराबरको क्षति पु¥याएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यस्तै, लामडोङ प्रान्तका प्रमुख सडक र राजमार्गहरुमा पहिरोले क्षति पु¥याएपछि आपतकालीन अवस्था घोषणा गरेको छ ।











