भारतको संविधान नेपालीसहित ९ भाषामा अनुवाद

मंसिर १०, २०८२ | नयाँ दिल्ली

भारतमा ७६ औं संविधान दिवस मनाइदैछ । दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच, भारतले नेपालीसहित ९ भाषामा आफ्नो संविधान अनुवाद गरेको छ । भारतीय राष्ट्रपति द्रौपति मुर्मुले एक विशेष समारोहका बीच ९ भाषामा अनुवाद गरिएको संविधानको प्रति एक साथ जारी गर्नुभएको छ । 

पछिल्लो पटक भारतको संविधान नेपाली, मराठी, मलयालम, पञ्जावी, बोडो, कश्मिरी, तेलगू, उडिया र असमिया भाषामा अनुवाद गरिएको हो । समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत सहभागी हुनुभएको थियो । भारतको संविधान सन् १९४९ नोभेम्वर २६ मा जारी गरिएको थियो । 


प्रतिक्रिया