बन्दुक सम्बन्धी कानून कडा बनाउने अस्ट्रेलियाको तयारी

मंसिर २९, २०८२ | काठमाडौं

अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी समुद्री किनारामा गोलि प्रहारको घटना भएपछि त्यहाँको सरकारले बन्दुक सम्बन्धी कानूनलाई कडा बनाउने तयारी गरेको छ । 

बन्दुक सम्बन्धी कानूनमा कडाइ गर्ने तथा बन्दुक राख्ने अनुमति दिइएको हतियारको संख्या र कति समयसम्म मान्य हुने जस्ता पक्षहरुलाई सम्बोधन गर्न कानूनमा कडाइ गर्ने प्रधानमन्त्री एन्थोनी अल्बानीजले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छन् । 

सो समुद्री तटमा गोलि चल्दा मृत्यु हुनेको संख्या एक संदिग्धसहित १६ पुगेको समाचारमा जनाइएको छ । बन्दुक राख्ने इजाजतपत्र प्राप्त व्यक्तिले प्राप्त गर्न सक्ने बन्दुकको संख्या सीमित गर्ने सहित नयाँ प्रतिबन्धहरू प्रस्ताव गर्ने अल्बानीजले बताउनुभयो । न्यु साउथ वेल्स प्रहरीका अनुसार ५० वर्षीय बाबु र २४ वर्षीय छोराले गोली चलाएका थिए । 

संदिग्ध अभियुक्त बाबु बन्दुक राख्न पाउने क्लबको सदस्य समेत रहेको र अनुमति लिएरै बन्दुक राखेको प्रहरीले जनाएको छ । बाबुको घटनास्थलमै मृत्यु भइसकेको छ भने छोराको अवस्था भने गम्भीर रहेको बताइएको छ ।  


प्रतिक्रिया