युद्धविराम हुने अमेरिकाको दाबीबीच थाइल्याण्ड र कम्बोडियाको सीमा झडप जारी

मंसिर २७, २०८२ | काठमाडौं

थाइल्याण्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा जारी भिडन्त रोकिने अमेरिकाको दाबीकाबीच सो क्षेत्रमा एक–अर्का देशले आक्रमणका घटनालाई तीव्रता दिएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ युद्धविराममा मध्यस्थता गरेको दाबी गरेको केही घण्टामै सीमा क्षेत्रमा लडाकु विमानहरुले आक्रमण गरेका हुन् ।

 आक्रमको विषयमा थाई प्रधानमन्त्री अनुतिन चार्नविराकुललेले समेत आफ्नो देशको भूमि र जनतालाई हानि वा खतराको महसुसबाट मुक्त नबनाएसम्म सैन्य कारबाही जारी राख्ने बताएको समाचार संस्था रोर्यटर्सले जनाएको छ । लामो समयदेखि जारी सीमा विवाद समाधानका लागि गत अक्टोबरमा अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गर्नुभएको थियो । 

सो वार्ताका क्रममा दुवै देशले सबै प्रकारका गोलीबारी बन्द गर्न सहमति जनाएको बताउँदै ट्रम्पले युद्ध अन्त्य हुने प्रतिक्रिया दिनुभएको थियो । यद्यपि सो वार्ताका क्रममा दुई देशबीच औपचारीक रुपमा कुनै लिखित समहति नभएकाले सीमा क्षेत्रको विवाद कामयै रहने देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । घटनाबारे आफ्नो टिप्पणी दिन थाइल्याण्डले अमेरिकालाई आग्रह गरेपनि ह्वाइट हाउसले कुनै प्रतिक्रिया नजनाएको रोयटर्सले जनाएको छ । 


प्रतिक्रिया