अस्ट्रेलियामा गोली चल्दा आक्रमणकारीसहित १२ जनाको मृत्यु
मंसिर २८, २०८२ | काठमाडौं
अस्ट्रेलियाको सिड्नीमा भएको एक गोलावारीमा कम्तिमा १२ जनाकोे मृत्यु भएको छ । सिड्नीस्थित बोन्डी समुद्र किनारमा दुई जनाले चलाएको गोली लागेर उनीहरुको मृत्यु भएको हो ।
न्यु साउथ वेल्स प्रहरीका अनुसार गोली चालाएको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ भने घटनामा संलग्न भएका अन्यको खोजिकार्य तीव्र पारिएको छ ।
प्रहरीका अनुसार घटनामा गोली चलाउने एकजनाको समेत मृत्यु भएको छ । सो घटनामा २ जना प्रहरी अधिकारीसहित अन्य ११ जना घाईते भएका छन् । गोली प्रहारमा संलग्न अर्का एक जनाको अवस्था भने गम्भिर रहेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
घटनापछि अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले बोन्डीमा देखिएका दृश्यहरु दुखद भएको बताएको समाचारमा उल्लेख छ । घटनाबारे थप विवरण प्राप्त नभएपनि अस्ट्रेलियाली यहूदी संघ लगायतको आयोजनामा समुन्द्र किनामा भइरहेको एक पर्वलाई लक्षित गरेर अक्रमण भएको हुन सक्ने विश्लेषण गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।









