नेपालको लगातार दोस्रो हार

मंसिर २९, २०८२ | काठमाडौं

संयुक्त अरब इमिरेट्स युएईमा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ ।

दुबईको दि सेभेन्स रंगशालामा आज भएको खेलमा नेपाल बंगलादेशसँग ७ विकेटले पराजित भयो ।

नेपालले दिएको १ सय १ रनको लक्ष्य बंगलादेशले २४ ओभर ५ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो । बंगलादेशका लागि ओपनर जावद अब्रारले सर्वाधिक ७० रन जोडे । यस्तै, कलाम सिद्दिकीले ३४ र रिजन होस्सनले १२ रन जोडे ।

नेपालका अभिशेक तिवारी र युवराज खत्रीले एक÷एक विकेट लिए ।

त्यसअघि बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ३१ ओभर १ बलमा अल आउट हुँदै १ सय ३० रन बनाएको थियो । नेपालका लागि अभिशेकले सर्वाधिक ३० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो स्कोरमा रन जोड्न सकेनन् ।

नेपाललाई सस्तैमा समेट्न मोहम्मद सोबुजले ३ विकेट लिए ।

नेपालले यसअघि आफ्नो पहिलो खेलमा श्रीलंकासँग ८ विकेटको हार ब्यहोरेको थियो ।

बंगलादेशको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा बंगलादेशले अफगानिस्तानलाई ३ विकेटले हराएको थियो ।

समूह ‘बी’ अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले पर्सि बुधबार अफगानिस्तानसँग खेल्नेछ । 


प्रतिक्रिया