हङकङको आवासीय भवनमा आगलागी हुँदा मृत्यु भएकाको संख्या १ सय २८ पुग्यो
मंसिर १२, २०८२ | काठमाडौं
हङकङको एक आवासीय भवनमा भएको आगलागीमा परि मृत्यु भएकाको संख्या १ सय २८ पुगेको छ ।
अस्ति बुधबारबाट शुरु भएको आगलागीको घटनामा अझै २ सय जना बढी बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आगलागीमा बेपत्ता भएकाहरुले अहिले पनि उद्धारको काम जारी रहेको समाचारमा जनाइएको छ ।
बुधबार दिउँसो वाङ फुक कोर्टका ३१ तले आवासीय भवनको मर्मत गर्ने क्रममा आगलागी भएको थियो । भवन ममर्तको काम गर्दा गम्भीर लापरबाही हुँदा सो घटना भएको भन्दै तीन जनालाई पक्राउ गरिएको छ ।









