बर्ड फ्लुको संक्रमण कोभिड भन्दा खतरनाक हुन सक्ने

मंसिर १२, २०८२ | एजेन्सी

पंक्षीमा संक्रमण फैलिंदै गएको बर्डफ्लु भाइरस मानिसमा समेत सर्ने जोखिम बढेको भन्दै कोरोनाकालको भन्दा खराव अवस्था आउन सक्ने विज्ञहरुले जनाएका छन् । हालसम्म जंगली पंक्षीमा फैलिंदै गएको बर्डफ्लु, पोल्ट्री फर्म हुँदै वन्यजन्तुमा समेत संक्रमण फैलिएर मानवमा समेत सर्ने जोखिम बढेको फ्रान्सको एक श्वास–प्रश्वास सम्बन्धी अध्ययन केन्द्रलाई उद्धत गर्दै समाचारमा जनाइएको छ । मानिसहरुमा हाल कोरोनाविरुद्ध मात्र लड्ने एन्टीबडीको विकास भएको तर बर्डफ्लु विरुद्ध लड्ने क्षमता नभएका कारण जोखिम बढेको जनाइएको छ । एच–वान तथा एच–थ्री जस्ता सामान्य भाइरसबाट मात्र बच्ने एन्टीबडी मानिसमा भएको र बर्डफ्लुको एच–फाइभ भाइरसको विरुद्धको एन्टीबडी विकास नभएको विज्ञहरुले बताएका छन् । 


प्रतिक्रिया