मदिरा प्रयोगमा प्रतिबन्ध लगाएको थाइल्याण्डले लचकता अपाउने

मंसिर १७, २०८२ | काठमाडौं

मदिराजन्य पेय पदार्थको प्रयोगमा प्रतिबन्ध लगाएको थाइल्याण्डले लचकता अपाउने भएको छ । पर्यटकीय गतिविधि चलायमान बनाउने उद्देश्यले मदिराको विक्रि वितरणका लागि अस्थायी रुपमा निश्चित समय तोकेर खुला गरिने भएको हो ।

 तत्कालका लागि ६ महिना मात्र लागू हुने गरि आधिकारीक र मान्यता प्राप्त बिक्रेताले दैनिक ३ घण्टा मात्र मदिराको विक्रि वितरण गर्न पाउने व्यवस्था गर्न लागिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

 थाइल्याण्डले सन् १९७२ मा मदिराको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । गत सेप्टेम्बरमा प्रधानमन्त्री बनेका अनुतिन चार्नविराकुलले पर्यटनलाई चलायमान बनाउनका लागि पहल गर्ने प्रतिबद्दता जनाएका थिए । सोही अनुरुप सरकारले नयाँ कदम चालेको हुन सक्ने विश्लेषण भएका छन् ।  


प्रतिक्रिया