दक्षिण कोरियाले हवाई क्षेत्र उल्लङ्घन गरेको उत्तरको आरोप
पुस २७, २०८२ | काठमाडौं
उत्तर कोरियाले आफ्नो देशको हवाई क्षेत्र उल्लङ्घन गरेको आरोप दक्षिण कोरियामाथि लगाएको छ ।
सर्वोच्च नेता किम जोङ–उनकी बहिनी किम यो जोङले सो बिषयमा दक्षिण कोरियासँग विस्तृत ‘स्पष्टीकरण’ माग गर्नुभएको समाचारमा जनाइएको छ ।
दक्षिण कोरियाबाट उडेको ड्रोन उत्तर कोरियाली भूभागमा प्रवेश गरेको आरोप उहाँको छ ।
१ जनवरीमा उत्तर कोरियाले दक्षिण कोरियाको सीमावर्ती काउन्टी गाङवाबाट उडेको एक मानव रहित हवाई यान उत्तर कोरियाली सहर केसोङमा प्रवेश गरेको जनाएको थियो ।
सो ड्रोनलाई गोली हानेर खसालिएको दाबी गर्दै त्यसका भग्नावशेषका तस्वीर पनि सार्वजनिक गरेको थियो ।
तर सियोलले आरोप अस्वीकार गर्दै आफ्नो रक्षा मन्त्रालयमार्फत उक्त ड्रोन दक्षिण कोरियाली सेनाले प्रयोग गर्ने मोडेल नभएको स्पष्ट पारेको छ ।










