पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोटमा परि कम्तीमा ८ जनाको मृत्यु

रेडियो कान्तिपुर संवाददाता

पुस २७, २०८२ | काठमाडौं

पाकिस्तानमा भएको ग्यास सिलिन्डर विस्फोटमा परि कम्तीमा ८ जनाको मृत्यु भएको छ । राजधानी इस्लामाबादमा आज बिहान एक विवाहको भोज चलिरहँदा सो विस्फोट भएको हो ।

विस्फोटमा दुलहा–दुलहीसहित ८ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएको स्थानीयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

इस्लामाबाद प्रहरीका अनुुसार विवाह समारोहमा सहभागी भएकाहरु सुतिरहेको समयमा सो विस्फोट भएको थियो । शहरको मध्य भागमा रहेको घरमा भएको सो विस्फोटका कारण अन्य केहि छिमेकीको घरमा पनि क्षति भएको समाचारमा जनाइएको छ । 

यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा घाइतेहरुको उचित उपचारका लागि व्यवस्था मिलाउन स्वास्थ्य निकायलाई निर्देशन दिएको उल्लेख छ ।    


प्रतिक्रिया