प्रशान्त तामाङको निधन

पुस २७, २०८२ | काठमाडौं

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।

भारतको दिल्लीस्थित आफ्नै निवासमा आज बिहान उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तामाङलाई ह्दयाघात भएको समाचारमा जनाइएको छ ।

इन्डियन आइडल विजेता प्रशान्तले थुप्रै नेपाली गीतमा स्वर दिएका छन् भने केही फिल्ममा अभिनय समेत गरेका छन् ।

सन् २००७ मा इन्डियन आइडल भएपछिको तामाङ नेपाली संगीत पारखीमाझ पनि लोकप्रिय भएका थिए । 


प्रतिक्रिया