ट्रम्प प्रशासनद्वारा गाजा क्षेत्रमा शान्ति बोर्ड स्थापना

रेडियो कान्तिपुर संवाददाता

माघ ३, २०८२ | काठमाडौं

ट्रम्प प्रशासनले गाजामा शान्ति स्थापनाको लागि शान्ति बोर्ड स्थापना गरेको छ ।

सो बोर्डमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र बेलायतका पूर्व प्रधानमन्त्री सर टोनी ब्लेयरलाई गाजाका लागि शान्ति बोर्डका दुई संस्थापक सदस्यको रूपमा नाम तोकेको छ । 

अमेरिकाी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका विशेष दूत स्टीभ विटकोफ र जेरेड कुश्नर पनि संस्थापक कार्यकारी बोर्डमा बस्ने ह्वाइट हाउसद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । ट्रम्प बोर्डको अध्यक्षको रूपमा कार्य गर्ने बीसीसीले जनाएको छ ।

सो बोर्ड इजरायल र हमासबीचको युद्ध अन्त्य गर्ने २० बुँदे योजनाको हिस्सा मानिएको छ । यसले गाजाको सञ्चालनको अस्थायी निरीक्षण गर्ने र यसको पुनर्निर्माणको व्यवस्थापन गर्ने अपेक्षा गरिएको छ । 


प्रतिक्रिया