अस्ट्रेलियामा तापक्रम वृद्धि, आगलागीको जोखिम बढ्दो
माघ १३, २०८२ | काठमाडौं
अस्ट्रेलियाका विभिन्न क्षेत्रमा तापक्रममा उच्च वृद्धि भएको छ । ती क्षेत्रमा ५० डिग्रीसम्म तापक्रम मापन गरिएको छ । भिक्टोरिया राज्यका विभिन्न क्षेत्रमा ४८ दशमलव ९ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ ।
मेलबर्न शहरमा पछिल्लो १७ वर्षयताकै सबैभन्दा गर्मि भएको बताइएको छ । भिक्टोरिया राज्यको राजधानी मेलबर्नका केही क्षेत्रमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । म्याली क्षेत्रमा तापक्रम ४८ दशमलव ९ डिग्री सेल्सियस पुगेको प्रारम्भिक तथ्यांकले देखाएको छ।
अस्ट्रेलियाको मौसम विभागले सार्वजनिक गरेको हो । तापक्रम वृद्धि भएपछि विभिन्न राज्यका विभिन्न भागमा आगलागीको जोखिम बढाएको समाचारमा जनाइएको छ ।











