एलन मस्कको फ्रान्सस्थित एक्सको कार्यालयमा प्रहरीको छापा
माघ २०, २०८२ | काठमाडौं
अर्बपति एलन मस्कको फ्रान्सस्थित एक्सको कार्यालयमा प्रहरीले छापा मारेको छ । फ्रान्समा साइबर ब्यूरोका प्रहरीले युरोपोलको सहयोगमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्म एक्सको कार्यालयमा छापा मारेको बीबीसीले जनाएको छ । पेरिसका अभियोजकका अनुसार सो कारबाही एक्सको एल्गोरिदमले दिइनेसामग्री सम्बन्धी अनुसन्धानका क्रममा गरिएको हो।
सो अनुसन्धानलाई पछि विस्तार गर्दै एआई च्याटबोट तथा ग्रोकलाई समेत समेटिने बताइएको छ । अभियोजकको कार्यालयले मस्क र पूर्व प्रमुख कार्यकारी अधिकृत लिन्डा याकारिनोलाई अप्रिलमा सुनुवाइका लागि उपस्थित हुन समेत भनिएकोअन्तर्रांष्ट्रिय संचारमाध्यमले जनाएका छन् । सो विषयमा भने मस्कले हालसम्म कुनै प्रतिक्रिया नदिइएको बताइएको छ ।
यसअघि मस्कको कम्पनीले सो अनुसन्धानलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भएको टिप्पणी गर्दै आएको थियो । अभियोजकहरुका अनुसार कानून उल्लंघन भएको वा नभएका बारेमा छानबिन भइरहेको बताइएको छ ।










