रुसद्वारा युक्रेनको उर्जा केन्द्रमा ४ सय भन्दा बढी ड्रोन आक्रमण

माघ २४, २०८२ | काठमाडौं

रुसले युक्रेनका उर्जा पूर्वाधारलाई लक्ष्ति गरि हवाइ आक्रमण गरेको छ । रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै ४ सयभन्दा बढी ड्रोन र करिब ४० वटा मिसाइल आक्रमण गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गर्नुभएको छ । 

आक्रमण विद्युत् उत्पादन केन्द्र, प्रसारण लाइन र वितरण सब–स्टेसनमा गरिएको जेलेन्सकीको भनाइ उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । सो आक्रमणपछि राजधानी किभसहित विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । सो आक्रमणबारे रुसले तत्काल कुनै प्रतिक्रिया नदिएको समाचारमा उल्लेख छ । 

 सुरक्षा अवस्था अनुकूल भएलगत्तै ऊर्जा प्राविधिकहरु मर्मत कार्य सुरु गरिने बताइएको छ । ऊर्जा संकट गहिरिँदै गएपछि युक्रेनले छिमेकी देश पोल्याण्डसँग आपतकालीन विद्युत् आयातको आग्रहसमेत गरेको छ।


प्रतिक्रिया