क्यानडाको एक विद्यालयमा गोली चल्दा १० को मृत्यु, २५ घाइते
माघ २८, २०८२ | काठमाडौं
क्यानडाको एक हाई स्कुलमा अन्धाधुन्ध गोली चल्दा १० जनाको मृत्यु भएको छ। ब्रिटिस कोलम्बिया प्रान्तको टम्बलर रिज सहरमा रहेकोगोली लागेर २५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा विद्यार्थी छन् कि छैनन् भन्नेमा अझै पुष्टि भएको छैन । घटनापछि स्कुल बन्द गरिएको छ । घटनास्थलमा ठुलो संख्यामा प्रहरी र एम्बुलेन्स टोली खटाइएको छ ।
क्यानडाको सरकारी वेबसाइटका अनुसार, घटना भएको टम्बलर रिज माध्यमिक विद्यालयमा कक्षा ७ देखि १२ सम्म १७५ विद्यार्थी अध्ययनरत छन् । प्रहरीले स्कुलमा रहेकासबैलाई सुरक्षित रूपमा बाहिर निकालेर सुरक्षा सतर्कतासँगै अनुसन्धान अघि बढाएको बीबीसीले जनाएको छ ।










