भारतको बिहारका मुख्यमन्त्री नितिश कुमारद्वारा राजिनामा
वैशाख १, २०८३ | काठमाडौं
भारतको बिहारका मुख्यमन्त्री नीतीश कुमारले पदबाट राजीनामा दिनुभएको छ । उहाँले राज्यपाल समक्ष राजीनामा बुझाएको भारतीय सञ्चारमाध्यामले जनाएका छन्।
यस्तै राजीनामापछि मुख्यमन्त्री नीतीशले सामाजिक सञ्जाल एक्समार्फत वक्तव्य जारी गर्दै सबैप्रति धन्यवाद व्यक्त गर्दै आफुले पदबाट राजिनामा दिएको घोषणा गर्नुभएको छ ।
साथै, नयाँ बन्ने सरकारलाई आफ्नो पूर्ण सहयोग र मार्गदर्शन रहने उल्लेख गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच, विजेपीका नेता सम्राट चौधरी बिहारको मुख्य मन्त्री बन्दै हुनुहुन्छ । विजेपीको नेतृत्वमा पहिलो पटक विहारमा सरकार बन्न लागेको हो ।










