भारतको बिहार राज्यका नयाँ मुख्यमन्त्री सम्राट चौधरीको कार्यकाल शुरु

रेडियो कान्तिपुर संवाददाता

वैशाख २, २०८३

भारतको बिहार राज्यका मुख्यमन्त्री सम्राट चौधरीले आफ्नो कार्यकाल शुरु गर्नुभएको छ । सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) का नव–निर्वाचित चौधरीले आजबाट मुख्यमन्त्रीको जिम्मेवारी शुरु गर्नुभएको हो । चौधरीले मुख्यमन्त्रीका रुपमा सपथ लिएसँगै पूर्व मुख्यमन्त्री नितीश कुमारको लामो राजनीतिक युगको समेत अन्त्य भएको छ ।

 मुख्यमन्त्री चौधरीसँगै जनता दल (युनाइटेड) का वरिष्ठ नेता बिजेन्द्र प्रसाद यादव र विजय कुमार चौधरीले पनि मन्त्री पदको शपथ लिएका छन् । उनीहरुलाई नयाँ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए सरकारमा उपमुख्यमन्त्री बनाइने सम्भावना रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

 चौधरीको सपथ कार्यक्रममा पूर्व मुख्यमन्त्री नितीश कुमार पनि उपस्थित भएको समाचारमा उल्लेख छ । यसअघि नितीश कुमारका छोरा निशान्त कुमार उपमुख्यमन्त्री बन्न सक्ने चर्चा चलेको थियो ।  


प्रतिक्रिया