युक्रेनवार्ता निष्कर्षवीहिन

फाल्गुन ६, २०८२ | काठमाडौं

रुस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले स्विट्जरल्यान्डको जेनेभामा भइरहेको वार्ता दोस्रो दिनमा प्रवेश गरेको छ । 

अमेरिकी विशेष दूत स्टीभ विटकोफले पहिलो दिनको वार्तापछि अर्थपूर्ण प्रगति भएको बताउनुभएको बीबीसले जनाएको छ ।

 सामाजिक सञ्जाल एक्समा विटकोफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा दुबै पक्ष वार्तामा बस्नु नै ठूलो उपलब्धि भएको उल्लेख गर्नुभएको समाचारमा उल्लेख छ । 

यद्यपी, युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले भने अमेरिकाले बारम्बार युक्रेनलाई मात्र सम्झौता गर्न दबाब दिएको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

जेलेन्स्कीले कुनै पनि सम्झौतामा युक्रेनको सार्वभौमिकता र सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेदेन्स्कीले वार्तासम्पन्न भएको बताएपनि अर्को चरणको वार्ता शीघ्र हुने बताउनुभयो । 

अमेरिकी मध्यस्थतामा भएको सो वार्ता अपेक्षाअनुसार प्रगति नभएको विश्लेषण गरिएको छ ।  


प्रतिक्रिया