रुस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले भएको वार्ता निष्कर्षविहिन

फाल्गुन ६, २०८२ | काठमाडौं

रुस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले रुस, युक्रेन र अमेरिकाबीच भएको त्रिपक्षीय वार्ता निष्कर्षविहीन भएको छ । जेनेभामा हिजोबाट सुरु भएको वार्ता आज दोश्रो दिन दुई घण्टामै टुंङ्गिएको बीबीसीले जनाएको छ । अमेरिकी विशेष दूत स्टीभ विटकोफले वार्ताप्रति आशावाद रहेपनि रुसी पक्षका मुख्य वार्ताकार र युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलन्स्कीले छलफल असहज रहेको बताउनुभएको छ ।

 सामाजिक सञ्जाल एक्समा विटकोफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा दुबै पक्ष वार्तामा बस्नु नै ठूलो उपलब्धि भएको उल्लेख गर्नुभएको समाचारमा उल्लेख छ । यद्यपी, युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले भने अमेरिकाले बारम्बार युक्रेनलाई मात्र सम्झौता गर्न दबाब दिएको भन्दै असन्तुष्टि जनाउनुभएको छ।

 युक्रेनी कूटनीतिक स्रोतका अनुसार युद्धविरामका विषयमा केही प्रगति भएपनि भू–भागसम्बन्धी मुख्य विवादमा सहमति जुट्न सकेको छैन ।रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेदेन्स्कीले वार्तासम्पन्न भएको बताएपनि अर्को चरणको वार्ताको मितिबारे स्पष्ट नबताएको समाचारमा उल्लेख छ । अमेरिकी मध्यस्थतामा भएको सो वार्ता अपेक्षाअनुसार प्रगति नभएको विश्लेषण गरिएको छ ।  


प्रतिक्रिया