दक्षिण कोरियाका पूर्व राष्ट्रपति योललाई आजीवन कारावास सजाय
फाल्गुन ७, २०८२ | काठमाडौं
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योल लाई आजीवन कारावासको सजाय सुनाइएको छ । राजधानी सियोलस्थित एक अदालतले विद्रोहको षड्यन्त्र र सैन्य शासन लागू गर्ने प्रयास गरेको अभियोगमा योललाई सो सजायको फैसला सुनाएको हो ।
पूर्व राष्ट्रपति युनका कदमहरुले दक्षिण कोरियाको लोकतन्त्रमाथि क्षति पुगेको अदालतका आधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । योलका विपक्षीहरुले भने मृत्युदण्ड दिनुपर्ने माग सहित प्रदर्शन गरेको समाचारमा जनाइएको छ ।
अदालत योल विरुद्ध सजाय हुने फैसला सुनाएपछि उनको समर्थनमा रहेको कानुनी अधिकारीहरुले भने विना प्रमाण सजायको आदेश भएको भन्दै पहिलेनै तयार भएको फैसलाको प्रति देखाइएको आरोप लगाएका छन् ।
तल्लो तहको अदालतबाट आदेश आए पनि दुवै पक्षलाई पुनरावेदनको भने अधिकार दिएको समाचारमा उल्लेख छ । ३ डिसेम्बर २०२४ मा टेलिभिजनमार्फत योलले सैनिक शासन घोषणा गरेका थिए ।










