प्रधानमन्त्री कप क्रिकेट : एपीएफ र आर्मीको जित

रेडियो कान्तिपुर संवाददाता

चैत्र ८, २०८२ | काठमाडौं

काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन् । मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले बागमती प्रदेशलाई ७१ रनले हराएको हो । 

एपीएफले दिएको २ सय ७२ रनको लक्ष्य पछ्याएको बागमतीले ४५ ओभर १ बलमा अलआउट हुँदै २ सय रन मात्र बनाउन सक्यो । बागमतीका लागि विवेक मगरले ३४ रन बनाउनु बाहेक अन्यले राम्रो स्कोर जोड्न सकेन । 

यसअघि बागमतीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपिएफका लागि ओपनार आसिफ शेखले शतकिय इनिङ्स खेले । उनले १ सय ५ बलमा १४ चौका र ३ छक्का प्रहार गर्दै १ सय १४ रन जोडे । 

आसिफले शतक पूरा गर्नका लागि १३ चौका र ३ छक्का प्रहार गरेका थिए । बागमतिका लागि रिजन ढकालले ४ तथा इशान पाण्डेले २ विकेट लिए । जितसँगै एपीएफले २ अंक जोडेको छ । 


प्रतिक्रिया