दक्षिण कोरियाको एक कारखानामा आगलागी हुँदा १४ जनाको मृत्यु

रेडियो कान्तिपुर संवाददाता

चैत्र ७, २०८२ | काठमाडौं

दक्षिण कोरियाको केन्द्रीय सहर डेजियोनमा रहेको एक अटो पाट्र्स कारखानामा भएको विस्फोट पछिको आगलागीमा परि १४ जनाको मृत्यु भएको छ । अन्य ५९ जना घाइते भएका छन् । अग्निनियन्त्रक अधिकारीहरुका अनुसार २५ जनाको अवस्था गम्भीर छ । 

आगलागी भएपछि आगो नियन्त्रण र उद्धारका लागि ५ सय बढी दमकलकर्मी, प्रहरी र आपतकालीन कर्मचारी परिचालन गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आगलागीका कारण कारखानाको भवन पूर्ण रुपमा ध्वस्त भएको छ । 

अधिकारीहरुका अनुसार कामदारहरु भाग्ने क्रममा केहीलाइ भवनबाट हाम फाल्दा चोटपटक लागेको छ भने अरुले धुवाँका कारण सास फेर्न समस्या भएको बताएका छन् ।   


प्रतिक्रिया