इजरायलको आक्रमणमा इरानका थप एक प्रभावशाली व्यक्ति मारिएको दावी

रेडियो कान्तिपुर संवाददाता

चैत्र ६, २०८२ | काठमाडौं

इजरायलले इरानको रिभोलुशनरी गार्ड कोप्र्सका प्रवक्ता अली मोहम्मद नैनी आक्रमणमा मारिएको दाबी गरेको छ । इरानको एक न्युज एजेन्सीका अनुसार नैनीले सन् २०२४ देखि प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।

 इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको मिसाइल उत्पादन केन्द्र ध्वस्त भएको दाबी गर्नुभएको थियो । नैनीले भने सो दाबी खण्डन गदै विज्ञप्ति निकाल्नुभएको थियो । त्यसको केही समयमै प्रवक्ता मारिएको पुष्टि इरानी सरकारी सञ्चारमाध्यमले गरेको हो । रिभोलुशनरी गार्डले इजरायललाई पूर्ण परास्त नगरेसम्म युद्ध जारी रहने बताएको छ । 


प्रतिक्रिया